बैतडीमा प्रहरीको सञ्चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैतडीमा प्रहरीको सञ्चार सेटले काम गर्न छाडेपछि प्रहरी नै सम्पर्कविहीन

बैतडी । विद्युत् सेवा अवरुद्ध भएसँगै प्रहरीसँग भएका सञ्चार सेटहरूले काम गर्न छाडेपछि समस्या भएको छ । जिल्लामा कहाँ के भइरहेको छ भन्ने विषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालले बताए ।

उनले भने, ‘प्रहरीसँग भएको नेपाल टेलिकमको फोन र सञ्चार सेटहरु मात्रै हो । टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध छ । वाकेटोके चार्ज गर्न पाइएको छैन । त्यसैले दुर्गम ठाउँका खबरहरू प्राप्त गर्न सकिएको छैन । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै सम्पर्क हुन सकिरहेको छ । दुर्गम ठाउँहरूमा सम्पर्क गर्नै सकिएको छैन ।’

कतिपय ठाउँमा एनसेल मोबाइलले काम गरे पनि एनसेलको सिम पाउनै मुस्किल भएको उनले बताए । बैतडीमा गत सोमबार रातिदेखि विद्युत् सेवा, एनटीसी फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);