गुणस्तरीय सेवा नहुँदा बारामा नेपाल टेलिकमको प्रयोगकर्ता घट्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गुणस्तरीय सेवा नहुँदा बारामा नेपाल टेलिकमको प्रयोगकर्ता घट्दै

श्याम गुप्ता,
बारा । गुणस्तरीय सेवा नहुँदा बारामा नेपाल टेलिकमको प्रयोग कर्ता घट्दै गएका छन् । सरकारले विभिन्न योजना र फोर जी, फाईव जीको घोषणा गरे पनि काम भने सो अनुरुप नहुँदा सेवा लिनेहरु नेपाल टेलिकम छाडेर निजी कम्पनीहरु तर्फ आकर्षित हुँदै गएका छन् ।

सरकारले फाईभर टु द होम एफटिटिएच बिस्तार गर्ने भनी झण्डै पाँच वर्ष अघि ल्याएको योजना अहिले सम्म प्रदेश नं.२ मा १० प्रतिशत समेत बिस्तार हुन सकेको छैन ।

नेपाल टेलिकम कार्यालय निजगढका कार्यालय प्रमुख जगतलाल चौधरीले प्रयोगकर्ता घट्दै गएको बताउँदै निजगढ क्षेत्रमा सुरुवातमा कुल ५ सय १२ टेलिफोन फुल क्यापिसिटी बराबरको सञ्चालनमा भए पनि हाल ४ सय ६९ मा रहेको बताए ।

त्यसैगरी २ सय ५६ एडिएसल फुल क्यापिसिटीमा सञ्चालन हुँदै आएकोमा हाल करिब १ सय ५० मा झरेको पनि उनले जानकारी गराएका छन् ।

धेरै जनसंख्या भएको क्षेत्रमा टेलिकमको तार हावाहुरीले झारेको झण्डै ७ वर्ष बितिसके पनि दुई दिन अघि टेलिकम कर्मचारीले उठाए पनि फाईबर तार जडान गर्न अझै कति वर्ष कुर्नु पर्ने हो ठेगान नभएको स्थानीय हरी अधिकारीले बताए ।

उनले भने, ‘अहिले एउटै घरमा दुई–तिन वटा ईन्टरनेट छन्, तर निजी कम्पनीहरुले मनपरी रकम असुल्दै आएका छन् ।’

त्यस्तै निजगढ सडकटोल देखि बाग्देब जाने बाक्लो बस्तीमा नेपाल टेलिकमको मोबाईलमा टावरै नहुँदा मानिसहरु बिस्तारै एनसेल तर्फ आकर्षित भएको उनले बताए ।

नेपाल टेलिकमका कर्मचारीको मिलोमतोमा समेत निजी ईन्टरनेट र एनसेलका प्रयोग कर्ता बढेको पो हो की ? हैन भने तार काटिएको ७ वर्ष सम्म किन टेलिकम आँखामा तेल हालेर बसेका छन्, स्थानीय सुनील सापकोटाले बताए ।

नेपाल टेलिकमका क्षेत्रिय कार्यालय बिरगंजका प्रमुख उमेश प्रसाद साहले फोर जी र फाईवर विस्तारमा बिशेष रुपमा काम अघि बढाएको बताए ।

टेलिकमको क्षेत्र ठूलो भएकोले कप्पर बिस्तापित गरी पूर्ण फाईबर सञ्जाल विस्तारमा काम अघि बढे पनि सार्वजनिक खरिद ऐन र सामग्री आई पुग्न ढिलाई भएकोले काममा केही ढिलाई भएको हुन सक्ने भए पनि अब प्रदेशका आठ वटै जिल्लामा तिब्र रुपले काम अघि बढ्ने बताए । उनले फाईबर विस्तार भएका क्षेत्रमा प्रयोग कर्ता बढेको समेत बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);