आज १५ औं राष्ट्रिय सूचना दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज १५ औं राष्ट्रिय सूचना दिवस

काठमाडाैं । आज १५ औं राष्ट्रिय सूचना दिवस, सूचनाको हकसम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा यो दिवस मनाइँदै छ ।

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भइ भदौ ३ गतेदेखि कार्यान्वयनमा आएसँगै दिवसका रुपमा मनाउन लागिएको हो । यदपी कोरोना संक्राणको महामारीका कारण दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट मात्र सार्वजनिक निकायलाई पारदर्शी, नागरिकप्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही बनाउन सकिन्छ । यसैबीच दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्य र आधिकारिक सूचना मात्र प्रवाह गर्न आग्रह गरेका छन् ।

सूचनाको हकको कार्यान्वयनबाट सुशासन कायम गरि नागरिकलाई सुसूचित र सक्षम बनाउन सकिनेमा पनि प्रधानमन्त्री देउवाको विश्वास छ । यस्तै, राष्ट्रिय सूचना आयोगले कोरोना महामारी नियन्त्रणका लागि सरकारकातर्फबाट भए गरेका प्रयास र योजनालाई नागरिकसम्म पुर्याउन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);