नेपालीको सूचनाको हक सुनिश्चित गर्न संचार मन्त्रालय कटिबद्व | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक नेपालीको सूचनाको हक सुनिश्चित गर्न संचार मन्त्रालय कटिबद्व रहेको बताएका छन् ।

शुक्रवार राजधानीमा आयोजित दशौं राष्ट्रिय सूचना दिवसका अवसरमा बोल्दै संचार मन्त्री बस्नेतले सूचनाको हक नागरिकको नैसर्गिक अधिकार भएकाले यसको सुनिश्चितताको लागि कटिवद्ध रहेको जिकिर गरेका छन् । उहाँले सरकारले सञ्चारक्षेत्रसँग सहकार्य गरेर अघि बढेमा मुलुक आर्थिक सम्बृद्विको बाटोमा लम्कने पनि बताएका छन् ।

 

 

कार्यक्रममा बोल्दै प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले प्रजातन्त्रको अनुभूति दिलाउन र न्यायिक व्यवस्थालाई व्यवस्थित गर्नका लागि सूचना अपरिहार्य भएको जनाएका छन् ।

 

 

कार्यक्रममा सूचनाका हकको क्षेत्र काम गर्ने अभियन्तालाई सम्मान गरिएको थियो ।