११ औं राष्ट्रिय सूचना दिवस विविध कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

११ औं राष्ट्रिय सूचना दिवस विविध कार्यक्रम गरी मनाइयो

suchana diwas

फूलमाया आले
काठमाडौं, ३ भदौ
। ११ औँ राष्ट्रिय सूचना दिवस विविध कार्यक्रम मनाइएको छ । तथापी अझै सहज रुपमा सूचना पाउने अवस्था बन्न सकेको छैन । सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकलाई सार्वजनीक चासो सूचनाको हकको प्रत्याभूत गरे पनि सूचना लुकाउने प्रवृतिको अन्त्य हुन सेकेको छैन ।

राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको प्रयोग गर्दा कर्तब्य नभूल्न सचेत गराए । उनले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । नागरिकले सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने उनको भनाई छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा हरेक नागरीकलाई सार्वजनिक महत्वको सूचनामा हक हुने, सूचनाको अद्यावधी गर्नुपर्ने तथा सूचना दिनको लागि हरेक सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने लगायतका व्यवस्था उल्लेख गरेको छ । सूचनाको हक सम्बन्धी नियमावलीमा सूचना प्राप्त र प्रयोग सम्बन्धी कार्यविधी पनि स्पष्ट रुपमा उल्लेख छ । तर, सर्वाजनिक निकायको सूचना सहजै पाउने अवस्था भने छैन ।

सार्वजनीक पदमा बसेकाले नै सूचना लकाउने गरेको नागरिकको गुनासो छ । त्यसो त कतिपयलाई सूचनाको हकको विषयमा जानकारी छैन भने कोही सूचना माग्ननै जाँदैनन त्यसैले पनि ऐन कार्यान्वयन प्रभावकारी हुन सेकेको छैन । सूचनाको हकमा नागरिकनै सचेत हुनुपर्ने राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमिल्सिनाको भनाइ छ ।

सूचनाको हकको सम्बन्धमा आर्थिक वर्ष २०७४÷७५ मा राष्ट्रिय सूचना आयोगबाट १ सय ७८ वटा आदेशहरु जारी भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);