सूचनाको हकको भरपुर प्रयोग गर्नु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सूचनाको हकको भरपुर प्रयोग गर्नु

Krishnahari baskota

काठमाडौं, ७ जेठ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकहरुले आफ्नो सूचनाको हकको भरपुर प्रयोग गर्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार कपिलबस्तुमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अभिमुखिकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको सही उपयोगले नै कानुनमा उल्लेखित सूचनाको हकको कार्यान्वयन हुने बताउनु भयो ।

राष्ट्रिय सूचना आयोग कार्यक्रममा १० वटै स्थानीय तहका पदाधिकारी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, कानुन ब्यवसायी, संचारकर्मी र दलका नेताहरुको सहभागिता रहको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);