मिडिया काउन्सिल विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्छ: झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मिडिया काउन्सिल विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्छ: झलनाथ खनाल

jhalnath khanal

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सिल विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्ने बताउनु भएको छ ।

पत्रकारले गरिरहेको आन्दोलनले प्रेस स्वतन्त्रतालाई स्थापित गर्न र प्रेसलाई मर्यादित बनाउन बहस सिर्जना गरेको भन्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसलाई नराम्रो भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । गृह जिल्ला इलाम जानेक्रममा झापाको बिर्तामोडमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको संविधानले दिएको हक र अधिकारलाई कसैले कुनै पनि बहानामा कुण्ठित गर्न नसक्ने पनि प्रष्ट पार्नुभयो ।

पार्टी एकता प्रसंगमा उहाँले पार्टी एकीकरणको एक वर्षमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति लगायत जनवर्गीय संगठनलाई एकीकृत रुप दिइएको बताउनु भयो । उहाँले अब पार्टीले नयाँ कार्यदिशा, नीति र सिद्धान्त पनि चाँडै सार्वजनिक गर्ने पनि बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);