राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवस, अफवाह रोक्न र सही सूचना प्रवाह हुनुपर्नेमा प्रधानमन्त्रीकाे जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवस, अफवाह रोक्न र सही सूचना प्रवाह हुनुपर्नेमा प्रधानमन्त्रीकाे जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई सचेत बनाउन सकिने विश्वास व्यक्त गरे।

कोरोना महामारीको दोस्रो लहरका कारण सङक्रमण रोक्न निषेधाज्ञा र स्वास्थ्यका मापदण्ड पालनामा केन्द्रित हुनुपरेको भन्दै सही, सत्यतथ्य र आधिकारिक सूचना प्रवाह गर्न र मापदण्डको पालना गर्न÷गराउन सम्बन्धित पक्षलाई प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

यसैबीच दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोग कोरोना महामारीका बीच पनि निरन्तर सूचनाको हक प्रचलन गर्न÷गराउन प्रयासरत रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);