गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तर माथि उठाउनुपर्छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तर माथि उठाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरलाई माथि उकास्नु पर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनौटमा परेका विद्यालयहरुको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको गुणस्तरमा ध्यान पुर्याउनु पर्ने बताएका हुन् ।

विद्यार्थीको ध्यानाकर्षण हुने, विद्यार्थीले बुझ्ने खालको शिक्षण विधि र शिक्षकको सम्प्रेषण कला हुनुपर्ने उनले बताए । भौतिक संरचनाको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भन्दै प्रधानमन्त्री ओलीले शिक्षकको गुणस्तर र शिक्षण विधिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका चार हजार २ सय ५० वटा विद्यालयहरुलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा शैक्षिक विकास शिर्षकमा बजेट विनियोजन गरिएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए ।

विद्यालयको छनौट प्रक्रिया उपयुक्त विधिका साथ भएको र आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमहरु नीति, कार्यक्रम र बजेट मार्फत पार्दै जाने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकारले विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका शैक्षिक सामाग्री र उपकरणहरु विद्यालयहरुमा पुर्याउन लागेको बताए । स्वास्थ्य सम्बन्धी प्रबन्ध सहितको विद्यालय हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);