शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तरीय शिक्षा नभएको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तरीय शिक्षा नभएको गुनासो

batadi school

बैतडी, ११ माघ । नेपालको शिक्षा क्षेत्रमा लगानी अनुसारको गुणस्तरीय शिक्षा नभएको गुनासो आइरहन्छ । तुलनात्मक रुपमा सरकारी विद्यालयको भन्दा निजि विद्यलयको गुणस्तर राम्रो मानिन्छ । तर पछिल्ल्लो समय बैतडीको केहि आधारभुत विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।

सरकारले विभिन्न संघसंस्थासँग मिलेर विद्यालयमा डिजिटल इपार्टी, दिवाखाजा, शिक्षक विद्यार्थीको आनिबानी परिवर्तन लगायतका कार्यक्रम संचालन गरेपछि बैतडीका केहि आधारभुत विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको हो । आधारभुत तहका ४ सय ४१ विद्यालय रहेको बैतडीमा झण्डै १ लाख ३१ हजार ५ सय ३४ विद्यार्थी छन् ।

शिक्षाका लागि विश्व खाद्य कार्यक्रमले १ सय ९९ विद्यालयमा दिवा खाजा र विद्यार्थीको बानिव्यवहार सुधारका कार्यक्रम गरिरहेको छ । कार्यक्रम लागु भएपछि शिक्षाको गुणस्तरमा सुधार आएको शिक्षकहरु बताउछन् ।

विद्युतको पहुँचभन्दा बाहिर रहेका विद्यालयमा सोलार जडान गरेर ल्यापटप वितरण गरी डिजिटल इपार्टीबाट कक्षा सञ्चालन भईरहेका छन् । कम्प्यूटरबाट विद्यार्थीले रमाउदै पढ्न थालेका छन् । कार्यक्रम प्रभावकारी भएको भन्दै विश्व खाद्यले अन्य विद्यालयमा पनि कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ ।

बैतडीका १५ वटा सामुदायिक विद्यालयमा डिजिटल इपार्टी कक्षा संञ्चालन भइरहेको छ । अन्य विद्यालयमा पनि डिजिटल इपार्टीको माद्यमबाट पढाईने, दिवा खाजा र सरसफाई लगायतका कार्यक्रम संञ्चालन गर्ने हो भने शिक्षाको गुणस्तर बढ्ने थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);