देउवाले आफ्नो एक इन्च भूमि पनि भारतलाई नछोड्ने बताए | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

देउवाले आफ्नो एक इन्च भूमि पनि भारतलाई नछोड्ने बताए

काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो एक इन्च भूमि पनि भारतलाई नछोड्ने बताए। प्रधानमन्त्री देउवाले विहिबार नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै सरकार आफ्नो भूमिको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए । अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले प्रधानमन्त्री देउवालाई पर्साको छपकैयामा नेपाली भूमि मिचिएको भन्दै सीमा क्षेत्रमा काँडेतार लगाउने सुझावसहितको प्रतिवेदन बुझाएका छन् ।

सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,’हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा स म एक इन्च नेपाली भूमी भारतलाई छोड्दिन्न भने ।आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।

अखिल क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षद्वय रंजित तामाङ र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);