मानवबेचबिखन तथा बेदेशिक रोजगारी सम्बन्धी ऐन संसोधन गर्नुपर्नेमा  सरोकारवालाको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मानवबेचबिखन तथा बेदेशिक रोजगारी सम्बन्धी ऐन संसोधन गर्नुपर्नेमा  सरोकारवालाको जोड

मानवबेचबिखन तथा बेदेशिक रोजगारी सम्बन्धी ऐन संसोधन गर्नुपर्नेमा  सरोकारवालाहरुले जोडदिएका छन ।

human trackking

काठमाडौं, ११ माघ । मानवबेचबिखन तथा बेदेशिक रोजगारी सम्बन्धी ऐन संसोधन गर्नुपर्नेमा  सरोकारवालाहरुले जोडदिएका छन ।ललितपुरमा मानव बेचबिखन तथा बैदेशिक रोजगारी बिचको अन्तरसम्बन्ध बिषयका  कार्यक्रममा सहभागीहरुले यी दुबै बिषय एकअर्काको सम्बन्धी भएकाले यस कानुनलाइ परिमार्जन गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव अर्जुन प्रसाद खनालले बैदेशिक रोजगारमा जाने महिलाहरुलाइ सिप तथा अभिमुखिकरणको तालिम दिएर मात्र बैदेशिक रोजागारीमा पठाउनुपर्ने र कानुनी प्रकृया पु¥याएर मात्रै बिदेश जान दिनुपर्ने बताए ।
उनले बिभिन्न प्रलोभनमा महिला तथा बालबालिकाहरुलाइ बिदेश लैजाने संघसंस्थाहरुलाइ कानुनी दायरमा ल्याएर कडा कारवाही गर्नुपर्नेमा दिए ।

कार्यक्रममा सहन्यायधिवक्ता कृष्ण जीबी घिमिरेले मानव बेचबिखन र बैदेशिक रोजगारी सम्बन्धी ऐनको प्रकृया जटिल भएकाले पिडीतहरु कानुनी प्रकृयामा नआउने भएकाले दण्डसजायबाट पिडकहरुले उन्मुक्ति पाउने गरेको बताए । कार्यक्रममा सहभागीहरुले बैदेशिक रोजगारी ऐन र मानवबेचबिखन ऐन बिचमा तालमेलमिलाएर लैजानुपर्नेमा जोडदिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);