लालबाबु पण्डितले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने दाबी गरे | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

लालबाबु पण्डितले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने दाबी गरे

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने दाबी गरेका छन ।

lal babu pandit

काठमाडौं, २० फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेपालको एक इन्च भूमि पनि मिचिन नदिने दाबी गरेका छन । महिला दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वातावरणमन्त्री पण्डितले छिमेकी राष्ट्रले नेपालको सीमा मिच्न खोजे सरकार टुलु टुलु हेरेर नबस्ने बताए ।

उनले आफ्नो सीमाको रक्षाका लागि सरकारले आवश्यक कदम चाल्ने बताए । दक्षिणी छिमेकी भारतले नवलपरासी, दाङ, बर्दिया, दार्चुला लगायत कैयौं जिल्लामा ६० हजार हेक्टरभन्दा बढी भूमि मिचेको सीमाविद्हरुले बताउँदै आएका छन् ।

ताजा समाचार