अबको २ दिन भित्रमा माओवादी सरकारमा आउँछ : मन्त्री लालबाबु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

अबको २ दिन भित्रमा माओवादी सरकारमा आउँछ : मन्त्री लालबाबु

काठमाडौं, ४ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले २ दिन भित्र माओवादी केन्द पनि सरकारमा आउने दाबी गरेका छन् ।

मन्त्री पण्डितले २ दिन भित्रै माओवादी केन्द्रसहित मन्त्रीपरिषद विस्तार हुने विश्वास व्यक्त गरेका छन् । उनले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने दावी समेत गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले पार्टी एकतापछि दुवै पार्टीका नेता, कार्यकर्ताको उचित व्यवस्थापन हुने बताए ।

मन्त्री पण्डितले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका त्रुटिपूर्ण निर्णय खारेज गरिदिने घोषणा गरेका छन् । प्रक्रियागत, नीतिगत र कतिपय मुलुकलाई प्रतिकूल असर पर्नेगरी देउवा नेतृत्वको सरकारले गरेका निर्णय आवश्यक परे खारेज गर्न सरकार बाध्य हुने उनको भनाई छ ।

मन्त्री पण्डितले मानवमैंत्री तथा भूगोल अनुसार जनसंख्याको सन्तुलित व्यवस्थापन गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);