सरकारमा आउन कांग्रेसलाई मन्त्री पण्डितकाे आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सरकारमा आउन कांग्रेसलाई मन्त्री पण्डितकाे आह्वान

काठमाडौं, २३ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई पनि सरकारमा आउन आह्वान गरेका छन् । मन्त्री पण्डितले २ दिन भित्र पुनः मन्त्रीपरिषद विस्तार हुने र त्यसमा संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी दुवै दल सहभागी हुने बताए ।

बधुबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सकेसम्म सबै दललाई सहभागी गराएर मन्त्रीपरिषद विस्तार गर्नेबारे छलफल भईरहेको बताए ।

मन्त्री पण्डितले मन्त्रालय समायोजनको काम पनि तीव्र गतिमा भईरहेको जानकारी दिए । उनले मुलुकलाई समृद्ध बनाउन जवाफदेही ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पण्डितले चैत्रको पहिलो हप्ताबाट प्रदेशलाई आवश्यक कानुन निर्माणको कामलाई तीव्रता दिने तयारी भईरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);