देश नचिन्ने तर विदेश चिन्ने कर्मचारी मुलुकलाई आवश्यक छैन : मन्त्री पण्डित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देश नचिन्ने तर विदेश चिन्ने कर्मचारी मुलुकलाई आवश्यक छैन : मन्त्री पण्डित

lalbabu pandit

काठमाडौं, ३ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले ‘कर्म एकातिर, चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि व्यक्त गरे । उनले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरु देशलाई कामै नभएको बताए ।

सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराए । कर्मचारीहरुले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो छ ।

मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहका काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा गरे । उनले कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको बताए ।

प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरु सहभागी भएका छन् । कार्यक्रममा बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले शाखा अधिकृतको प्रशिक्षण लिईरहेकाहरुबाट मुलुकले ठूलो अपेक्षा गरेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);