सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएन : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएन : गगन थापा

gagan thapa

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पुर्ण भुमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टीप्पणी गरे ।

उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुमिका निर्वाह गरेको बताए । लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताकाबीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए ।

राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले भने ‘संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो । कांग्रेस सत्ता हो । कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो । हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ ।’ उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए ।

उनले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालिन र अल्पकालिन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे । कांग्र्रेसको विधान अनुसार महासमिति बैठकले महाधिवेशनले गर्ने केन्द्रीय समितिको निर्वाचन बाहेक सबै निर्णय गर्न पाउने अधिकार राख्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);