सरकारको गतिविधि निगरानी गर्न प्रदेश र केन्द्र संसदमा छायाँ सरकार गठन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारको गतिविधि निगरानी गर्न प्रदेश र केन्द्र संसदमा छायाँ सरकार गठन गर्ने तयारी

congress meet

काठमाडौं, १२ फागुन । सरकारको कामकारबाहीमाथि विशेष निगरानी राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा ‘छायाँ सरकार’ बनाउने तयारी गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ ।

उक्त खाकामाथि संसदीय दलमा छलफल हुने नेता गगन थापाले जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री बनाउने नेता थापाले बताए । छाँया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । कांग्रेसले प्रदेश स्तरमा पनि छाँया सरकार गठन गर्ने तयारी गरेको छ ।

कांग्रेसले शसक्त र जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न छाँया सरकार गठन गर्न लागेको बताएको छ । छायाँ सरकारले जनताको हितविपरित हुने कुनै पनि कदमको शसक्त प्रतिवादन गर्ने सो पार्टीको भनाइ छ । नेपाली काग्रेस संघीय संसदका दुवै सदन र प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दल हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);