मन्त्रीपरिषदले सोमबारभित्र पूर्णता पाउँछ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

मन्त्रीपरिषदले सोमबारभित्र पूर्णता पाउँछ : दाहाल

Prachanda

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारभित्र मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन । चितवनमा संचारकर्मीसँग अध्यक्ष दाहालले मन्त्री छनौटमा समस्या नरहेकाले सोमबारभित्र मन्त्रीपरिषले पूर्णता पाउने बताएका हुन ।

पुराना नयाँ अनुहार मिलाएर मन्त्री बनाउने भन्दै अध्यक्ष दाहालले सोमबार शपथ ग्रहण कार्यक्रकबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनाकारी गराइ सकेको बताए । आइतबार सम्म सबै मन्त्रीको नाम टुङ्गो लगउने बताउदै अध्यक्ष दाहालले पार्टी भित्र मन्त्री छान्न सकस भएको भन्ने समाचार गलत भएको बताए ।

उनले वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह समेत गरे । फरक प्रसंगमा अध्यक्ष दाहालले दासढुंगा र राजदरबार हत्या काण्ड जस्तै अर्को घटना हुन सक्ने सम्भावना रहेको समेत बताए । वाम गठबन्धनको सरकार बन्ने भएपछि त्यस्ता घटानाको जोखिम बढेको अध्यक्ष दाहालको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);