सरकारलाई पुर्णता दिन ढिलाई नगरौं : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारलाई पुर्णता दिन ढिलाई नगरौं : प्रचण्ड

काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई पुर्णता दिन ढिलाई गर्न नुहुने बताएका छन् । बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदले बिहीबारसम्म पूर्णता पाउने दावी समेत गरेका छन् ।

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै बिहीबारसम्म मन्त्रीपरिषदलाई पूर्णता दिईसक्ने जानकारी गराएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ ।

प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिए । माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);