संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । हिजो बुधबार मात्र नव नियुक्त भएका परराष्ट्रमन्त्री खड्का हिजोनै सपथ ग्रहण कार्यक्रम सकेर राति न्युयोर्क प्रस्थान गरेका हुन् ।

महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई लगायत छन् ।

गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा मन्त्री खड्का सहितको टिमले भाग लिनेछ । भने, ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);