महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन् ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालकाे धारणा राखेका  थिए ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए । महासभामा आफूले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतंकवादकाे अन्त्यबारे धारणा राखेकाे उनले पत्रकारहरूलाई बताए । न्युयाेर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका िथए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);