बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेले गर्‍याे बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेले गर्‍याे बहिष्कार

baluwatar-jagga

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी छन् ।  

प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ । एमालेले आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);