आजकाे सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन : सुवास नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आजकाे सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन : सुवास नेम्वाङ

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज साेमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसाे २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बाेलाइएकाे छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हाेला कि नहाेला ? किनकी एमालेले निस्कान गरेका भनिएका १४ सांसदलाई सभामुख सापकाेटाले नहटाएकाे भन्दै एमालेले सभामुखले बाेलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएकाे छ । याे मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग दर्ता गरेकाे भाेलिपल्ट अर्थात् आज बाेलाइएकाे बैठकमा पनि एमाले सहभागी हुने सम्भावना न्यून रहेकाे ठानिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली त एकीकृत समाजवादी पार्टी नभइ समूह रहेकाे र त्याे अवैध भन्दै आएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि ‘सभामुख सापकाेटाले बोलाएका सर्वदलीय बैठकमा अहिलेसम्म एमाले नगएकाे’ बताए । यद्यपि कार्यव्यवस्था समितिमा एमाले सहभागी हुँदै आएकाे छ । ‘आजकाे सर्वदलीय बैठकमा एमाले जाने-नजाने टुंगो छैन, छलफल गरेर तय हुन्छ,’ नेम्वाङले भने ।

सभामुख सापकाेटाकाे निजी सचिवालयका अनुसार  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।  

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि मुलुककाे राजनीति तरंगित भएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियाेग प्रस्ताव षडयन्त्रकाे भूमरीबाट आएकाे भन्दै प्रतिवाद गर्ने भनिसकेकाे छ । एमाले संसदीय दलकाे बैठक पनि आज बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);