सर्वदलीय बैठकमा एमाले नजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् ।

तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको उनले बताए ।

एमालेले अबको कदमबारे छलफल गर्न आजै संसदीय दलको बैठक बोलाएको छ । एमालेले गैरसांसदलाई पदमुक्त गर्न वा सभामुखले मार्गप्रशस्त गर्न माग गरेर सदन अवरोध गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);