नेपाल समूहलाई बोलाएको भन्दै एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल समूहलाई बोलाएको भन्दै एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बोलाएको सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने भएको हो ।

सिंहदरवारमा उपस्थित भएर सभामुखलाई बैठकमा सहभागी नहुने जानकारी गराउन एमाले प्रमुख सचेतक विशाल भट्टराईले समय माग गरे पनि सापकोटाले सिंहदवार नआउने भनेपछि टेलिफोनबाटै बैठकमा आउन नसक्ने जानकारी गराइएको हो ।

‘सिंहदवारमा भेटेर बैठकमा आउन नसक्ने जानकारी गराउने भन्ने थियो । तर सभामुखले सिंहदरवारमा नआउने भनेपछि टेलिफोनबाटै बैठकमा उपस्थित नहुने जानकारी गराइएको छ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने ।

ती नेताकाअनुसार सर्वदलीय बैठकमा दलको नेताका हैसियतमा पूर्वएमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई बोलाइएको भन्दै एमालेले आपत्ति जनाएको हो । माधव नेपालसहित कारवाही गरिसकेका १४ जनाले संसदमा वैधानिकता नपाउने जिकिर गर्दै आएको एमालेले उनीहरुलाई उपस्थित गराएको भनेर संसदसमेत अवरुद्ध गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);