हुम्लाका ६ गाउँपालिकामा खुले विद्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हुम्लाका ६ गाउँपालिकामा खुले विद्यालय

हुम्ला । हुम्लाका सातमध्ये ६ वटा स्थानीय तहका विद्यालयमा पढाइ सुरु भएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर शून्य भएपछि सिमकोट, नाम्खा,खार्पुनाथ, ताँजाकोट, चंखेली र अदानचुली गाउँपालिकाले पठनपाठन सञ्चालन गरिसकेका छन् । अब सर्केगाड गाउँपालिकाका विद्यालय खुल्न बाँकी छ ।

सिमकोट र खार्पुनाथका विद्यालयमा आइतबारबाट भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो । बाँकी चार गाउँपालिकाका विद्यालय यसअघि नै खुलिसकेका थिए । गाउँपालिकाका शिक्षा समितिको निर्णय अनुसार पढाइ सुरु भएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको १४ भदौको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);