उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै पढाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै पढाइ सुरु

school

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गरेका हुन् ।

कोरोना महामारीका कारण विगत १० महिनादेखि विद्यालय बन्द थिए । केही विद्यालयले गत असारबाटै अनलाइन कक्षा सुरु गरेका थिए भने केहीले असोजबाटै भौतिक रुपमै पठनपाठन सुरु गरिसकेका छन् ।

संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा मापदण्ड अपनाएरै पठनपाठन गर्ने विद्यालयहरुले जनाएका छन् । केही विद्यालयले २ सिफ्टमा वा आलोपालो पढाउने तयारी समेत गरेका जनाइएको छ ।

उपत्यकाका स्थानीय तहले शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए । उपत्यका बाहिरका भने प्रायः सबै विद्यालय यसअघिनै नै सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);