उदयपुरका ५२५ विद्यालय खुले | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

उदयपुरका ५२५ विद्यालय खुले

उदयपुर । कोरानाभाइरस संक्रमण महामारीका कारण बन्द रहेका उदयपुरका शिक्षण संस्थाहरूले विद्यार्थीलाई भौतिक रूप उपस्थित गराएर पठनपाठन सुरू गरेका छन् ।

उदयपुरको आठ स्थानीय तहहरूमध्ये लिम्चुङबुङ गाउँपालिकाबाहेक सात स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरू गरिएको छ ।

त्रियुगा नगरपालिका, केलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिका चार सय १० सामुदायिक विद्यालय, एक सय आठ संस्थागत विद्यालय, धार्मिक ६ र सदरसा एक गरी पाँच सय २५ वटा सामुदायिक विद्यालयले पठनपाठन सञ्चालन गरेका हुन् ।

सरकारले अघि सारेको ’स्मार्ट लक डाउनको अवधारणाअनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी विद्यालय खोल्न स्थानीय तहले अनुमति दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);