बागलुङमा विद्यालय खुले पनि विद्यार्थीमा त्रास कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बागलुङमा विद्यालय खुले पनि विद्यार्थीमा त्रास कायमै

सुवास आचार्य

बागलुङ, १८ माघ । कोरोनाको कारण १० महिना ठप्प रहेको विद्यालय संचालन गर्न स्थानीय तहले अनुमति दिएसँगै बागलुङमा पनि भौतिक रुप मै विद्यालय सञ्चालनमा आयो । तर कोरोनाको त्रास कायमै रहँदा विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीमा भने पढाइ प्रति खासै ध्यान गएको देखिँदैन । सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड नअपनाउँदा विद्यार्थीहरु त्रासका बिच पढ्न बाध्य भएका छन् ।

नेपालमा कोरोना भाईरस विरुद्धको खोप लगाउने अभियान सञ्चालन भईसक्दा पनि विद्यालयमा अध्ययन गर्ने बालबालिकामा भने कोरोनाको त्रास कायमै रहेको छ । कोरोना महामारीका कारण झण्डै १० महिना पछि विद्यालयहरु भौतिकरुपमा सञ्चालनमा आएपनि विद्यार्थीहरुमा भने त्रासका कारण पढाईमा लगाव बढ्न सकेको छैन ।

निषेधाज्ञा पछि विद्यालय खुलेपनि बिद्यालयमा आएर अध्ययन गर्दा पहिलाको जस्तो सहज वातावरण नभएको बिद्यार्थीहरू बताउँछन् ।

सरकारले भौतिक दुरी कायम गरी मास्क सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड पूरा गरेर बिद्यालय संचालन गर्न निर्देशन दिएपनि यतिबेला त्यो नियम पुर्ण रूपमा पालना भएको भने देखिँदैन । कतिपय निजी विद्यालयले कोरोनाको समयमा शिक्षक कटौती कोरोना अघि छुट्टाछुट्टै सेक्शनमा रहेका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर अध्यापन गराउन थालेका छन् ।

अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);