बैंकिङ प्रणालीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट बच्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैंकिङ प्रणालीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट बच्यो

मुगु । बैंकिङ प्रणालीका कारण मुगुमा सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग हुनबाट बचेको छ । विगतमा स्थानीय तहले माग गरेअनुसार सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम बिल भर्पाइका आधारमा फ्छ्र्योट गर्दै आएकामा अनियमितता पनि हुँदै आएको थियो ।

तर, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्न लागिएपछि मुगुमा आर्थिक वर्ष ०७७/७८ मा दुई करोड ७५ लाख रुपैयाँ दुरुपयोग हुनबाट जोगिएको छ ।  
सरकारले ६० वर्षमाथिका वृद्धवृद्धा, पाँच वर्षमुनिका बालबालिकालाई प्रोत्सान भत्ता, अपांगता, पूर्ण अपांगता भएका व्यक्ति, एकल महिलालाई उपलब्ध गराउँदै आएको रकमबाट दुई करोड ७५ लाखभन्दा बढी राज्यकोषमै जम्मा भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी चन्द्र हमालले बताए । 
आव ०७७/७८मा २२ करोड ३१ लाख ७८ हजार दुई सय ८२ रुपैयाँ निकासा भई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

पछिल्ला आवमा सरकारले सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको र बैंकमार्फत सामाजिक सुरक्षा दिने नीतिले उमेर पुगेका र मृत्यु भएका नागरिकको लगत समयमा काटिएका कारण सो रकम बचेको छायाँनाथ रारा नगरपालिकाका एमआइएस शाखाका प्रमुख शिवचन्द्र कार्कीले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);