सामाजिक सुरक्षा भत्ता : महालक्ष्मीमा साढे १० करोड बेरुजु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता : महालक्ष्मीमा साढे १० करोड बेरुजु

samajik bhatta

ललितपुर,  १९ पुस ।  साढे १० करोड बेरुजु देखिएको महालक्ष्मी नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरणको हिसाबमा बैंकले समेत गडबडी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाले वितरण गर्ने सामाजिक सुरक्षा भत्तामा १० करोड ५० लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको थियो ।

आर्थिक वर्ष ०७३/०७४ मा ५ करोड ५० हजार ८ सय र ०७४/७५ मा ५ करोड ५० लाख ३५ हजार २ सय बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैंकले रकम वितरणको भरपाई र वितरण हुन बाँकी नामसहितको लाभग्राहीको विवरण नगरपालिकालाई उपलब्ध नगराएको र नगरपालिकाले पनि अनुगमन गरी जाँचबुझ नगरेको महालेखाले कारण औंल्याएको छ ।

नगरपालिकाले इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु, लामाटार क्षेत्रका ज्येष्ठ नागरिक, एकल, विधवा, दलित, बालबालिका, आंशिक र पूर्ण अपांगता भएकालाई भत्ता वितरण गर्न सिद्धार्थ, एनएमबी र सनराइज बैंकसँग सम्झौता गरेको थियो । लाभग्राहीको नामसहित भत्ता वितरण गर्न पहिलो, दोस्रो, तेस्रो र थप किस्ता गरेर सिद्धार्थमा एक करोड २८ लाख २१ हजार ६ सय र र सनराइजमा नगरपालिकाले ३ करोड १६ लाख ४० हजार ४ सय रुपैयाँ जम्मा गरेको थियो । एनएमबीमा भने पहिलो किस्ताको मात्र एक करोड ५ लाख ७३ हजार २ सय जम्मा गरेको थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);