सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

money

काठमाडौं, ९ साउन । सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ ।

तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ ।

भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम बेरुजु देखिएको छ ।

१५ वर्षयता भत्ताको ९ अर्ब पेस्की फस्र्योट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले सम्बन्धित गाविस सचिवले कागजात पेस नगरेको बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);