घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा खुसी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा खुसी

अछाम । चैरपाटी गाउँपालिका-५ लुग्राकी ९२ वर्षीया धरु खड्का वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा दंग छिन् । पहिले दुई घण्टा हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्नेमा अहिले वडाबाटै बुझ्न पाउँदा खुसी लागेको खड्काले बताइन् ।

वृद्धको सहारा सरकार भए पनि बैंकमा नाता प्रमाणित गरी आफन्तले रकम बुझ्ने गरेका कारण आफूले पाउने सबै रकम नपाउने गरेको उनको भनाई रहेको छ । अहिले बैंकले सबै रकम हातमा दिँदा खुसी भएको उनले बताए ।

सारू कुँवर मात्र होइन, गाउँपालिकाको वडा नम्बर ३ सोकटका ९० वर्षीया भाना साउद पनि वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा धेरै खुसी लागेको बताउँछिन् । ‘पहिले भत्ता बुझ्न बैंकमा लाइन लाग्नु पर्थ्यो, घरबाट बैंकसम्म पुग्न तीन घण्टा लाग्थ्यो । गाउँमै पुगेर भत्ता दिँदा साँच्चिकै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेका भयो’, साउद भन्छिन् ।

गाउँपालिका-४ पायलका ९४ सारू कुँवरले बैंक टाढा भएर जान आउन समस्या भएकोमा अहिले वडामै आएर सामाजिक सुरक्षा भत्ता पाउँदा निकै खुसी भएको अनुभव सुनाए । भत्ताको रकम बुझ्नकै लागि परिवारको सहायतामा तीन घण्टा पैदलयात्रा गरेर उनी बैंकसम्म पुग्थे । ‘गाउँपालिकाले बैंकका कर्मचारी खटाएर वडाबाट भत्ताको रकम प्रदान गरेपछि निकै खुसी भएकी छु’, उनले भने ।

कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण गाउँपालिका भित्रका सबै सडक अवरुद्ध भएपछि वडा कार्यालयबाट भत्ता वितरण थालिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले वडाबाट भत्ता वितरण गरेको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);