कञ्चनपुरका वडाध्यक्ष भुन्टुले तलब भत्ता बृद्धबृद्धा र अपांगता बाडे | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कञ्चनपुरका वडाध्यक्ष भुन्टुले तलब भत्ता बृद्धबृद्धा र अपांगता बाडे

पुष्कर भट्ट,कञ्चनपुर,कार्तिक ३ । कञ्चनपुरका मनकारी वडाध्यक्ष आसेफ कुवर ‘भुन्टु’ले ६ वर्ष अगाडि थालेको मनकारी यात्रालाई निरन्तरता दिएका छन । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ।

विभिन्न जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन् । राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रमा भाषण गरेर दिन गुजारिरहेका छन् । सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ । तर, यी कुरा भन्दा निकै फरक छन्, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाअध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ । आसेफ कञ्चनपुरमा भुन्टुका नामले बढी परिचित छन्। भुन्टु कञ्चनपुर बासीका लागि नौलो नाम होइन्। समाजसेवामा अग्रनी भुमिका खेल्दै आएका भुन्टु आफैंमा स्वच्छ र स्पष्ट वत्ता हुन।

नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् उनी । भीमदत्त नगरका गरिब, असहायका लागि उनी भगवान हुन भन्दा फरक नपर्ला। नेपाली कांग्रेसको राजनीतिसँगै समाजका तल्लो तहसम्म भिजेका भुन्टु पार्टीभन्दा माथि उठेर समाजिक काममा सधैै खटिरहन्छन् । त्यति मात्रै होइन उनी आफ्नो तलब भत्ता बृद्धबृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई वितरण गर्छन्।

बिहीबार उनले यो वर्षको आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धा र पूर्ण अपांगता भएका एक सय ६१ जनालाई वितरण गरे। नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उनले आफ्नो वर्ष भरिको तलब भत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छन् । जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु) ले ६ वर्षसम्म आफूले पाउने पारिश्रमिक लिएका छैनन् । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले ६ वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिदै आएका छन् । हरेक वर्ष वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई घरमैं गएर आफूले पाएको पारिश्रमिक वितरण गर्छन् । यी ६ वर्षमा उनले पारिश्रमिक वापत पाएको १४ लाख ४९ हजार रुपैयाँ वडामै वितरण गरेका छन् ।

भीमदत्त–१ का १४१ जना बृद्धबृद्धा र २० जना पूर्ण अपांगता भएका व्यक्तिलाई वडाध्यक्ष कुवँरले एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन्। २०७४ सालको स्थानीय तहको चुनावमा वडाअध्यक्षमा निर्वाचित भएका कुँवरले आफ्नो कार्यकालको पूरै तलब भत्ता गरिब तथा असहायलाई सहयोग गरेका थिए। ‘मेरा वडावासी आमाबुवा तथा शारीरिक रुपले अशक्तलाई यो दशैंतिहारको समयमा अलिकति भएपनि खुसी दिलाउन सके’ उनले भने, ‘त्यो नै मरो लागि अमूल्य आशिर्वाद र धर्म हुन्छ।’

असहाय तथा दिनदुखीको सहारा बनेका वडाअध्यक्षलाई वडाबासी पनि राम्रो मान्छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा १४१ को मतान्तरले वडाअध्यक्षमा विजयी भएका कुँवर ०७९ को स्थानीय तहको निर्वाचनमा ८८४ को मतान्तरले वडाअध्यक्षमा विजयी भएका थिए।

दुवै निर्वाचनको मतले पनि आफूले गरेको कामको मूल्यांकन गर्न सकिने बताउँछन् उनी । वडाका ज्येष्ठ नागरिकहरु भुन्टु जस्तो वडाअध्यक्ष पाउनु वडा बासीको सौभाग्य भएको बताउँछन् । प्रत्येक वर्ष चाँडवाडका बेला आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धालाई दिन्छन दुःख बिमारमा घरसम्मै समेत पुग्छन्। भुन्टु त मन्त्री हुनु पर्ने व्यक्ति हुन भन्छन वडाका बृद्धबृद्धाहरु ।

कतिपय वुद्धवृद्धाले आफनो औषधी उपचारमा उक्त रकम खर्च गर्ने बताए । यस्तो (भुन्टु जस्तो) वडाध्यक्ष सारा नेपालीलले पाउँनु पर्छ सारा देशमा यस्तै वडा अध्यक्ष भयो भने वृद्धवृद्धाले दुख नपाउँउने अर्का वृद्ध कलक बहादुर सिंहले बताए । अब वडा अध्यक्षलाई मन्त्री भएको हेर्ने धोको रहेको उनले बताए । प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन् । प्रत्येक व्यक्तिलाई पन्ध्र सयका दरले रकम हस्तान्तरण गरेको कुँवरको भनाइ छ। दशैंको समयमा त्यसैमा नयाँ नोट पाउँदा स्थानीय बासी खुसी थिए।

०७४ को स्थानिय निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसबाट भीनपा–१ को वडाध्यक्षमा उम्मेदवारी दिएका कुवँरले आफ्नो तलब भत्ता नलिने घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);