कञ्चनपुर, ५ साउन । कञ्चनपुरको भिमदत्त नगरपालिका–१ का वडा अध्यक्ष आसेफ कुँवरले आफ्नो एक वर्षको तलब असहायहरुलाई वितरण गरेका छन् ।
वडाअध्यक्ष कुँवरले आफ्नो एक वर्षको तलव वापत प्राप्त २ लाख ६४ हजार रुपैयाँ वृद्धवृद्धा असहाय, तथा शारिरीक अपाङ्गता भएकाहरुलाई वितरण गरेका छन् । कुँवरको कामबाट स्थानीय खुसी भएका छन् । वडा अध्यक्ष कुँवरले प्रत्येक वर्ष आफुलाई प्राप्त हुने तलब यसरी नै सामाजिक काममा खर्च गर्ने उद्घोष गरेका छन् ।





