४३ महिना देखि तलवविहिन क्यानका कर्मचारीले तलब पाए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

४३ महिना देखि तलवविहिन क्यानका कर्मचारीले तलब पाए

काठमाडौं, ७ कार्तिक । नेपाल क्रिकेट संघ क्यान अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेपछि नियमित तलव पाउन नसकेका कर्मचारीले पुरा तलव पाएका छन् ।
विगत ४३ महिना देखि तलवविहिन बनेका क्यानका कर्मचारीको कुल करिव ६० लाख रूपैयाँ तलब पाएका हुन् । जसमा धेरै तलव बुझ्ने कर्मचारीमा सुमन लामा, राजेश महर्जन, उदयप्रकाश शाह, अजय पाण्डे रहेका छन् ।

उनीहरुले कुल १२ लाख ८५ हजार रुपैयाँ तलव बुझेका छन् । क्यान निलम्बन हुँदा कार्यरत नौ जना कर्मचारीमध्ये केहिले अहिले छाडिसकेका छन । यस्तै आशा लामाले करिव दुई लाख ७० हजार रुपैयाँ पाएकी छिन ।

निरज मुनिकारले दुई लाख भन्दा बढि रुपैयाँ पाएका छन । उनी क्यान निलम्बनमा परेपछि विचमा छोडेका थिए । जसका कारण उनको सबै हिसाव मिलाएर त्यति रकम क्यानले पठाएको हो । यसका साथै हाल अमेरीकामा रहेका क्यानका पूर्व कर्मचारी इश्वर भण्डारीले पनि दुई लाख भन्दा बढि तलव पाएका छन ।

त्यो बेला क्यानको सुरक्षा गार्डमा कार्यरत स्वर्गिय रामचन्द्र फुयालले पनि दुई लाख भन्दा बढि रकम पाएका छन । यस्तै त्यो बेला क्याको चिफ अपरेटिङ अफिसर भएर काम गरेका र हाल क्यानको बोर्ड सदस्य रहेका छुम्बी लामाले चार महिनाको करिव एक लाख ३० हजार रूपैयाँ पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);