आईपीएल टी–ट्वान्टीः मुम्बई इन्डियन्ससँग १० विकेटले चेन्नई सुपर किङ्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आईपीएल टी–ट्वान्टीः मुम्बई इन्डियन्ससँग १० विकेटले चेन्नई सुपर किङ्स पराजित

एजेन्सी, ८ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

चेन्नईका लागि साम करणले सर्वाधिक ५२, इमरान ताहिरले १३, कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए । त्यस्तै दिपक चाहर, रुतुराज गैक्वाड र एन जगाडेसानले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा आउट हुँदा अम्बाती रायडु २ र फाप डु प्लेसिस १ रनमा आउट भए ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । कल्टर निलको नाममा १ विकेट रह्यो ।

जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);