आईपीएलमा कोलकत्ता नाइट राइडर्सद्वारा चेन्नई सुपर किंग्स ६ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २१ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चौंथो स्थानको कोलकत्ता नाइट राइडर्सले शीर्षस्थानको चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

कोलकत्ताले आफ्नो घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले ५ विकेट गुमाएर दिएको १ सय ७८ रनको लक्ष्य कोलकत्ताले १४ बल बाँकी छँदै पूरा गर्यो। लक्ष्य पूरा गर्ने क्रममा सबमान जिलले ५७ तथा कप्तान दिनेश कात्र्तिकले अविजित ४५ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको चेन्नईको इनिङमा कप्तान महेन्द्रसिंह धोनीले अविजित सर्वाधिक ४३ रन बनाएका थिए ।

हारपछि चेन्नई दोस्रो स्थानमा झरेको छ भने कोलकत्ता तेस्रो स्थानमा उक्लिएको छ । आईपीएल अन्र्तगत आज किंग्स इलाभेन पञ्जाब र मुम्बई इण्डियन्सबीच खेल हुने छ । ७ खेल खेलेको पञ्जाब अंक तालिकाको चौंथो स्थानमा छ भने मुम्बई ८ खेलमा जम्मा दुई जितसहित अंक तालिकाको पुछारमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);