१३ औं साग हुने वा नहुनेमा शंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

१३ औं साग हुने वा नहुनेमा शंका

किशन भण्डारी, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुन करिब एक वर्ष मात्र बाँकी छ । तर, सागका लागि आवश्यक पुर्वाधारको निर्माण अहिलेसम्म थालिएको छैन । थालिएका निर्माण कार्य पनि बजेट अभाव र खेलकुद प्रशासनका आन्तरिक विवादका कारण अड्किएको छ ।

बजेट अभाव, पुर्वाधारको कमी लगायतका कारण १३ औं साग च्याम्पिएनसिप आयोजना हुने हो कि होइन भन्ने शंका उत्पन्न भएको छ ।

सन् १९८४ मा काठमाडौंबाटै सागको इतिहास सुरु भएको थियो । हालसम्म नेपालले २ पटक सागको आयोजना गरेको छ । सन् २०१९ मार्च ९ गते आयोजना हुने भनिएको साग सञ्चालन गर्ने जिम्मा पनि नेपालले नै पाएको छ ।

तर, नेपालले करिब डेढ वर्ष अघि जिम्मेवारी पाए पनि आवश्यक पूर्वाधारको अझै व्यवस्थापन गर्न सकेको छैन । साथै प्रशासनिक विवादका कारण साग नहुने पो हो की भन्ने आशंका उब्जिएको छ ।

खेलकुद मन्त्रालयले पनि साग सञ्चालन गर्न चुनौतिपूर्ण रहेको बताएको छ । पुर्वाधारको निर्माण कार्यको गति, असिमीत जनशक्ति एवम् कम समय भएका कारण मन्त्रालयले कार्य योजना बनाए पनि साग कसरी आयोजना गर्ने भन्ने विषयमा सकस परेको स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेपाली खेलाडीका लागि साग धेरै पदक प्राप्त गर्ने मेला हो भन्दा फरक नपर्ला । नेपालमै आयोजना हुँदा खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ हुनु एउटा सबल पक्ष हो । तर, अहिलेको अवस्थामा खेलाडीले पूर्वाधार अभाव हुँदा राम्रोसँग अभ्यास समेत गर्न पाएका छैनन् ।

अर्कोतर्फ साउथ एसिएन ओलम्पिक कमिटीको दबाब र पूर्वाधारको निर्माण कार्यमा देखिएको सुस्त पनका कारण नेपालले साग आयोजना गर्ने कुरामा प्रश्न उब्जिएको छ । खेलाडीको मनोबल बढाउने अन्तर्राष्ट्रिय स्तरको खेल हुन नसक्दा खेलाडीहरुमा समेत नैराश्यता छाउन सक्ने सरोकारवालाहरु बताउँछन् ।

यता राष्ट्रिय खेलकुद परिषद् भने साग नेपालमा नै हुनेमा विश्वस्त छ । साग गेम आयोजना हुने २ महिना अघि नै पुर्वाधार व्यवस्थापन हुने राखेपको दाबी छ । साग आयोजना गर्न करिब १ वर्ष मात्र बाँकी हुुँदा खेलकुदका पुर्वाधार, प्राविधिक एवम् भौतिक पक्षको व्यवस्थापन निक्कै चुनौतिपूर्ण छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);