१३ औं साग निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१३ औं साग निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा

काठमाडौं, २३ कात्तिक । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखी नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताउनु भएको छ ।

काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालन हुने स्थानका भौतिक संरचना निर्माण र तयारी पनि तीब्र गतिमा भइरहेको बताउनु भयो ।

प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भनेर अन्यौलतासँग जोडेर गरिएका टिकाटिप्पणी प्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मंसिर पहिलो हप्ताभित्र सबै भौतिक संरचनाको निर्माणको काम सम्पन्न हुने बताउनु भयो ।

‘मैले स्यावासी र प्रशंसा खोजेको होईन्,’ मंसिर १५ गतेको साग गेमको मिति तलमाथि हुँदैन, ‘परिस्थिति हाम्रो काबुमा छ । पूर्वाधारको कुनै समस्या छैन् । अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ ।’

सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भैरहेको, विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);