१३ औँ सागका लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

१३ औँ सागका लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा

काठमाडौं, २३ कात्तिक । आगामी मंसिर १५ गतेबाट सुरु हुने १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागी २० सदस्यीय महिला फुटबल टोली घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो । टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको छनोट गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय महिला फुटबल टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, गिता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना, रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, विमला चौधरी, सवित्रा भण्डारी, निरु थापा, अनिता केसी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);