एमसीसीसँग नेपाल १ सय १३ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमसीसीसँग नेपाल १ सय १३ रनले पराजित

काठमाडौं, २३ कात्तिक । नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग नेपालको मिश्रित टोली शनिबार १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ७६ रन जोड्न सक्यो ।

सामान्य लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन जोड्नु बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले १६ रनको पारी खेल्दा कुशल भुर्तेलले १४, भिस सार्कीले १३ तथा कप्तान राहिन पौडेलले ६ रन बनाउँदै पवेलियन फर्किए ।

यस्तै अमित श्रेष्ठ र सुशन भारी समान १/१ रनमा आउट भए । नेपालको इनिङलाई सस्तैमा समेट्ने क्रममा एमसीसीका एड योङले सर्वाधिक ३ विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले समान २/२ विकेट हात पार्दा एमसीसीका तीन बलरले एक/एक विकेट आफ्नो नाममा लेखाए ।

यसअघि पहिले ब्याटिङ गरेको एमसीसी लागि विल्ली गोड्लम्यानले अर्ध सतकीय इनिङ खेले । ३० बल सामना गरेका विल्लीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै एड योङले ४२ रन जोड्दा मिल्स हाम्मोन्डले व्यक्तिगत ३३ रन जोड्ने क्रममा नेपाली फिल्डरबाट समातिए । एलेक्स थमप्सन २० रनमा अविजित रहे । बलिङ तर्फ नेपालका राशिद खानले सर्वाधिक ३ विकेट हात पार्दा कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले समान १/१ विकेट आफ्नो नाममा लेखाए ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय प्रथम श्रेणी क्रिकेट खेलिसकेको छ ।

अब नेपाल भ्रमण रहेको एमसीसीको टोली पोखरा भ्रमण गर्नेछ । त्यहाँ एमसीसीले आमन्त्रण–११ र मुख्यमन्त्री–११ संग दुई ट्वान्टी–२० क्रिकेट खेल्ने तालिका रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);