भारतद्वारा न्युजिल्याण्ड ६५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भारतद्वारा न्युजिल्याण्ड ६५ रनले पराजित

काठमाडौं। घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ ।  एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडेका थिए । भारतका दीपक होडाले सर्वाधिक ४ विकेट लिए । मोहमद सिराज र युजभेन्द्र चाहलले समान दुई विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित एक सय ११ रनको शतकीय इनिङ्स खेले । यसैगरी इशान किशनले ३६ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);