विश्वकप क्रिकेट: भारतद्वारा पाकिस्तान पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप क्रिकेट: भारतद्वारा पाकिस्तान पराजित

icc-cricket-world-cup-india-v-pakistan

काठमाडौं, २ असार । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

भारत–पाकिस्तानको खेल वर्षाका कारण प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा पाकिस्तानले ४० ओभरमा ३०२ रनको लक्ष्य पाएको थियो । तर पाकिस्तानले ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाउन सक्यो ।उसका लागि फाखर जामानले ६२, बाबर आजमले ४८, इमाद वासिमले नटआउट ४६ तथा शादब खानले नटआउट २० रन बनाउनु बाहेक अरुले राम्रो अंकमा रन जोड्न सकेनन् । भारतका कुलदीप यादव, विजय शंकर र हार्दिक पाण्डेयले समान दुई–दुई विकेट लिए ।यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३३६ रन बनायो । उसका लागि रोहित शर्माले सर्वाधिक १४० रन बनाए । ११३ बलमा १४ चौका र तीन छक्काको सहयोगमा उनले १४० रनको योगदान दिएका हुन् ।

यस्तै कप्तान विराट कोहलीले ६५ बलमा सात चौकाको सहयोगमा ७७ रन बनाए । केएल राहुलले ५७ तथा हार्दिक पाण्डेयले २६ रन बनाए । पाकिस्तानका मोहम्मद आमिरले तीन विकेट लिए । पाकिस्तान पाँच खेलमा तीनमा पराजित भएको छ । भारतको भने चौथो खेलमा यो तेस्रो जित हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);