आइपिएल: कोलकाताद्वारा राजस्थान पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आइपिएल: कोलकाताद्वारा राजस्थान पराजित

KKR

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइटराइडर्स विजयी भएको छ ।

भारतको जयपुरमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ३७ बल बाँकी हुँदा ८ विकेटले हराएको हो । राजस्थानले प्रस्तुत गरेको १४० रनको लक्ष्य कोलकाताले मात्रै १३ ओभर पाँच बलमा दुई विकेटको क्षतिमा भेट्टायो । कोलकाताको जितमा क्रिस लिनले ३२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५० तथा सुनिल नरिनले २५ बलमा ४७ रन बनाए ।

यस्तै, रोविन उथ्थप्पाले १६ बलमा नटआउट २६ रन बनाए । राजस्थानका श्रेयश गोपालले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको राजस्थानले तीन विकेटको क्षतिमा १३९ रन बनायो । उसका लागि स्टिभन स्मिथले ५९ बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ७३ तथा जोस बट्लरले ३४ बलमा ३७ रनको योगदान दिएका थिए । जितपछि शीर्षस्थानको कोलकाताको पाँच खेलबाट ८ अंक भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);