आईपीएल : कोहलीको शतकमा बैंग्लोरद्वारा कोलकाता १० रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आईपीएल : कोहलीको शतकमा बैंग्लोरद्वारा कोलकाता १० रनले पराजित

kohli-kkr vs rcb

एजेन्सी, ७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमारोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । आइपिएलको यो संस्करणमा लगातार हार भोग्दै आएको बैंग्लोरले नवौँ खेलमा दोस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई १० रनले हराएको हो ।

घरेलु मैदानमा २१४ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०३ रन बनाउन सक्यो । उसका लागि नितिश राणाले ४६ बलमा ९ चौका र पाँच छक्काको सहयोगमा नटआउट ८५ तथा आन्द्रे रुसेलले २५ बलमा दुई चौका र ९ छक्काको सहयोगमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बैंग्लोरका डेल स्टेनले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले विराट कोहलीको शतकीय पारीमा २१३ रन बनायो । कप्तान कोहलीले ५८ बलमा ९ चौका र चार छक्काको सहयोगमा १०० रन बनाएका हुन् ।यस्तै उसका लागि माइन अलीले २८ बलमा पाँच चौका र ६ छक्काको सहयोगमा ६६ रनको योगदान दिए । कोहली र अलीको उत्कृष्ट प्रदर्शनमा बैंग्लोरले जित निकालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);