आठौ राष्ट्रिय खेलकूद : प्रदेश पाँचद्वारा सशस्त्र प्रहरीको एपिएफ क्लव ३-२ गोल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आठौ राष्ट्रिय खेलकूद : प्रदेश पाँचद्वारा सशस्त्र प्रहरीको एपिएफ क्लव ३-२ गोल पराजित

काठमाडौं, ६ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा प्रदेश ५ ले जित हात पारेको छ । शुक्रबार बाँकेको खजुरा स्थित डि गाउँमा भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब प्रदेश ५ सँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

प्रदेश ५ को जितमा पूर्णबहादुर गुरुङ, विवेक पुन र सनजु सेनले समान १–१ गोल गरेका थिए भने एफपीएफका लागि आषिश लामा र प्रदिप लामाले गोल फर्काएका थिए । एपीएफले बनाएको अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

एपीएफका लागि खेलको आठौं मिनेटमा आशिसले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यस्तै २६ औँ मिनेटमा प्रदिपले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारेका थिए । खेलको ४०औं मिनेटमा प्रदेश पाँचका पुर्णबहादुरले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याए ।

खेलको ४३ औँ मिनेटमा विवेकले गोल गर्दै प्रदेश ५ लाई बराबरीमा ल्याएका थिए । त्यसैगरी ७६ औँ मिनेटमा सन्जुले गोल गरेपछि प्रदेश ५ ले एपीएफलाई ३–२ गोल अन्तरले हरायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);