म्यानचेस्टर युनाइटेड कारबाओ कपको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

म्यानचेस्टर युनाइटेड कारबाओ कपको सेमिफाइनलमा

एजेन्सी , ९ पुष । म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा युनाइटेडका लागि अन्तिम समयमा एडिन्सन काभानी र एन्थोनी मार्शलले गोल गरेका हुन् । ८८ औँ मिनेटमा काभानीले गोल गरी टिमलाई अग्रता दिलाए । इन्जुरी सयमको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्शलले गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

फाइनल प्रवेशका लागि युनाइटेड अब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले स्टोक सिटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

ब्रिटानिआ स्टेडियममा भएको खेलमा टोटेनहमले स्टोक सिटीमाथि ३–१ गोलअन्तरले हराएको हो । खेलको २२ मिनेटमा ग्यारेथ बेलको गोलमा टोटेनहमले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्टोक सिटीका जोर्डन थोमसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

उता टोटनहमलाई खेलको बेन डेभिसले ७० औं मिनेटमा गोल गर्दै फेरि अग्रता दिलाए । त्यस्तै ८१ औं मिनेटमा ह्यारी केनले अर्को गोल थप्दा टोटेनहमले खेल ३–१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);