म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

एजेन्सी, ६ फागुन । म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । खेलको तेस्रो मिनेटमा नै गोलको खाता खोलेका लुकाकुले दोस्रो गोल ५२ मिनेटपछि गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

साउथह्यामटन र ब्राइटन पनि एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । वेस्ट ब्रोमविचलाई २–१ गोल अन्तरले पराजित गरेर साउथह्यामटनले क्वाटरफाइनलको यात्रा तय गरेको हो । पहिलो पटक एफए कपको क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा ब्राइटनले कोभेन्ट्री सिटीलाई ३–१ ले पाखा लगायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);